+
+

रौतहटमा लागूऔषधसहित प्रहरी जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते २०:०२

रौतहट, २७ फागुन । रौतहटमा लागूऔषधसहित एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी रहेका छन् ।

उनीसँगै मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सत्यनारायण कुमरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९ सय थान लागूऔषध नाइट्राभेट फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

प्रहरी कर्मचारी नै भएपनि गैरकानुनी काम गर्ने धामीलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक शाहले बताए । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?