+
+

जसपासँग छलफलअघि कांग्रेस पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १३:४३
फाइल तस्वीर

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार अपराह्न ३ बजे बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ । बैठकमा राजनीतिक सत्ता समीकरण, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने प्रवक्ता शर्माको भनाइ छ ।

पदाधिकारी बैठकलगत्तै सभापति देउवाले जसपाका नेताहरुसँग छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?