+
+
Shares

पेरिसडाँडाबाट बाहिरिँदै महन्थ ठाकुरले भने- कुराकानी राम्रै भयो, निष्कर्षमा पुगेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २९ गते १२:३६

२९ फागुन, काठमाडौं । सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व सँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए ।

‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए । एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताए ।

‘हामी कही पनि आफूलाई सुरक्षाको महसुस गरेको छैन’, उनले भने । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर, कुनै निर्णय भने दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?