Comments Add Comment

‘सामसुङको बहुउपयोगी रेफ्रिजेरेटर, ६ घण्टामै दहि जमाउन सकिन्छ’

२९ फागु, काठमाडौं । चर्चिट इलेक्ट्रोनिक्स ब्राण्ड सामासुङले नयाँ नयाँ इनोभेसनहरु भित्राउदै आएको छ । यहिँ क्रममा पछिल्लो समय सामसङले नेपाली बजारमा कर्ड मेस्ट्रो रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजेनेरेटर खानेकुरालाई सुरक्षित मात्र नभइ आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन समेत सकिन्छ ।

यो फ्रिजले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्नेछ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण सुरु गरिएको सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स हेड आलोक गुप्ताले जानकारी दिए । ‘यो रेफ्रिजेरेटर अरु भन्दा निकै फरक र उपयोगी छ, दहि बनाउनका लागि हामीलाई छुट्टै भाडाको आवश्यकता पर्दैन’ अनलाइनखबरसँग उनले भने, ‘र हामीलाई थाहाँ छ यो नेपालीहरुको रोजाईमा पर्छ नै ।’

उनका अनुसार यो रेफ्रिजेरेटर केहि समय अघि नै नेपालमा ल्याइएको थियो । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यवसायमा केहि असर पर्यो । कोरोना सकिएपछि भने सामसङले यो रेफ्रिजेरेटर लञ्च गरेको छ । बहुउपयोगी भएका कारण पनि ग्राहकहरुको रोजाईमा यो पर्ने गुप्ता बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

यो रेफ्रिजेरेटर अन्य रेफ्रिजेरेटर जस्तै प्रयोग गर्न सकिन्छ । यसमा एउटा छुट्टै कन्टेर छ, जहाँ हामीले दहि बनाउन सकिन्छ । दहि बनाउनका लागि पनि धेरै लामो समय कुनु नपर्ने गुप्ता बताउँछन् । आफ्नो इच्छा अनुसार कति धेरै जमाउने भन्ने निर्णय पनि लिन सकिन्छ । थोरै पातलो पातलो दहि मनपर्नेहरुले ५ देखि ६ घण्टामै निकाले खान सक्ने उनी बताउँछन् । अझ कडा दहि जमाउनका लागि भने ८ घण्टासम्म लाग्न सक्छ ।

मनतातो दूधलाई रेफ्रिजेरेटरमै जडान गरिएको दही बनाउने बकेटमा जोर्डन राखेर डिस्प्लेमा भएको कर्ड बटन थिचेपछि ६ घन्टामै पातलो दही र करिब ७ घन्टामा बाक्लो दही बन्ने गुप्ताको भनाइ छ ।

‘फ्रिजबाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई राख्नुहोस्, यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस्’ उनले भने, ‘रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ ।’

क्षमता र मूल्य

अहिले यो रेफ्रिजेरेटर दुई क्षमताको नेपाली बजारमा उपलब्ध हुने गुप्ता बताउँछन् । मूल्य पनि सर्वसुलभ नै छ । यसबाट जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउन सकिने छ । यो रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको गुप्ताले जनाए । उनका अनुसार क्षमता बढी भए बढी मूल्य र कम क्षमताको कम मूल्य तोकिएको छ ।

२१५ लिटर क्षमताको मूल्य ६३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ भने ३१५ लिटर क्षमताको रेफ्रिजेरेटरको बजार मूल्य ७८, हजार ९९० रुपैयाँ तोकिएको छ । यो रेफ्रिजेरेटरले औसतमा कम विद्युत खपत हुने उनले बताए ।

‘कम विद्युत खपत हुने भएकाले यसका लागि हाइ भोल्टेज विद्यतु नै चाहिनछ भन्ने छैन, इन्भटरले समेत चलाउन सकिन्छ’ उनले भने । यसबारे जानकारी पाउँन ढोकामै जानकारी मूलक सन्देशहरु समेत राखिएको छ । ग्राहकहरुले यसका सुविधाबारे डिस्प्लेमै हेरेर पनि थाहाँ पाउने उनी बताउँछन् ।

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । उनका अनुसार यो कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कोलिङ प्लसस्वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ । जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुन सक्ने गन्ध रहदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment