+
+
Shares

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइडियाले नेपाली बजारमा २० लिटर स्टोरेज क्षमता भएको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ।
  • रेफ्रिजेरेटरमा डाइरेक्ट कुल नन इन्भर्टर टेक्नोलोजी र वन टच डिफ्रस्ट सिस्टम जडान गरिएको छ।
  • कम्पनीले उत्पादनमा २ वर्ष र कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

६ जेठ, काठमाडौं । माइडियाले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना तथा स्मार्ट सुविधासहित यो रेफ्रिजेरेटर ल्याइएको कम्पनीले जनाएको छ ।

‘२० लिटर स्टोरेज क्षमता भएको यस रेफ्रिजेरेटरले साना तथा मध्यम संख्याको परिवारका लागि पर्याप्त भण्डारण सुविधा उपलब्ध गराउनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘यो रेफ्रिजेरेटरमा डाइरेक्ट कुल नन इन्भर्टर टेक्नोलोजी समावेश गरिएको छ ।’

कम्पनीका अनुसार यो उपकरणले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्‍याउनुका साथै इजी मेकानिकल टेम्प्रेचर कन्ट्रोलले प्रयोगकर्तालाई आवश्यकता अनुसार तापक्रम नियन्त्रण गर्न सहज बनाउँछ ।

‘यस उत्पादनमा रहेको स्पेसियस बिग कुलिङ जोनले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत पुर्‍याउँछ’ कम्पनीले भनेको छ ‘दैनिक प्रयोगलाई अझ सहज बनाउन वन टच डिफ्रस्ट सिस्टम जडान गरिएको छ भने लो फ्रस्ट टेक्नोलोजीले अत्यधिक बरफ जम्ने समस्या कम गर्न सहयोग गर्ने भएकाले सफाइ तथा मर्मतमा सहजता ल्याउँछ।’

रेफ्रिजेरेटरमा ड्युरेबल टेम्पर्ड ग्लास सेल्भेस प्रयोग गरिएको छ, जसले बढी तौल भएका सामग्री पनि सुरक्षित रूपमा राख्न सक्ने क्षमता प्रदान गर्छ । कन्भिनेन्ट एग एन्ड आईस ट्रेलेले दैनिक प्रयोगलाई व्यवस्थित बनाउँछ भने लो न्वाइज फर्फमेन्सले घरको शान्त वातावरणलाई असर नगरी कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले उत्पादनमा २ वर्षको वारेन्टी तथा कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत उपलब्ध गराएको छ। कम्प्रेसरमा दिइएको १० वर्षको वारेन्टीले उत्पादनको टिकाउपनप्रति विश्वासलाई थप बलियो बनाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?