News Summary
Generated by OK AI. Editorially reviewed.- माइडियाले नेपाली बजारमा ५ मोडलका इन्डक्सन हब ल्याएको छ जुन ग्यासको प्रभावकारी विकल्पका रुपमा प्रस्तुत गरिएको छ।
- इन्डक्सन हबमा टच कन्ट्रोल, तापक्रम नियन्त्रण, टाइमर सेटिङ, ऊर्जा बचत र मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक प्रविधि समावेश छन्।
- सबै मोडलमा २४ महिनाको वारेन्टी दिइएको छ र यी उपकरणहरू कम आवाजमा सञ्चालन हुने तथा विभिन्न भाँडासँग मिल्ने डिजाइनमा उपलब्ध छन्।
१ चैत, काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र त्यसले ग्यास आपूर्तिमा पारेको प्रभावलाई मध्यनजर गर्दै माइडियाले नेपाली बजारमा ५ मोडलका इन्डक्सन ल्याएको छ । ग्यासको विकल्पमा खाना पकाउने उपकरणप्रति चासो बढेको जनाउँदै अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड माइडियाले नयाँ इन्डक्सन बजारमा ल्याइएको जनाएको छ ।
‘विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा दक्ष तरिकाले खाना पकाउन मद्दत गर्दछ’ कम्पनीले भनेको छ, ‘इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुस बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक
प्रविधिहरू समावेश छ।’
कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ। नेपाली बजारमा हाल MC-CLC22W15, MC-VS213R-EMC, RTY2014, SKY1914 तथा MC-3D3001R212 गरी पाँच फरक मोडलका माइडिया इन्डक्सन हब उपलब्ध छन्।
यी मोडलहरू फरक फरक पावर क्षमतासहित उपलब्ध छन् र सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4