+
+

दाइको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते ९:५३

१ चैत, जनकपुरधाम । सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका-६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् ।

एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र २-०३-०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएका छन् । मोटरसाइकल पूण रुपमा जलेको छ ।

शुक्रबार राति १ बजेतिर मुस्तुफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका एैसानलाई आइतबार बिहान पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?