Comments Add Comment

विश्वका पाँच फेसन डिजाइनर, जसले आफ्नोपनका कारण ख्याति कमाए

तस्वीरहरू : लक्जरीलन्च डटकमबाट

भनिन्छ, रेड कार्पेटमा देखिने हरेक सेलिब्रेटीको पछि एउटा राम्रो फेसन डिजाइनरको हात हुन्छ । तर ती फेसन डिजाइनरको बारेमा धेरैलाई जानकारी हुँदैन । फेसन डिजाइन वा सौन्दर्यशास्त्र कपडा र मानिसको बीचमा कसरी व्यवस्थापन गरेर मान्छेलाई सुन्दर बनाउन सकिन्छ भन्ने एक कला हो । यस्तो शैली संस्कृति र सामाजिक दृष्टिकोणबाट प्रभावित हुन सक्छ र समयसँगै फरक पनि हुँदै जान सक्छ । कपडा पनि तयारी अवस्थामा रहेको वा रेडिमेड गरी विभिन्न प्रकारको हुन्छ । यी सबै प्रकारका पोसाक तयार पार्ने क्रममा फेसन डिजाइनरको सहयोग लिनु आवश्यक हुन्छ ।

तयार नगरिएको फेसन – यस्तो फेसनमा प्रत्येक कपडा कुनै निश्चित ग्राहकको लागि तयार पारिएको हुन्छ । सेलिब्रेटीहरूले प्रख्यात फेसन डिजाइनरहरूको सुझाव अनुसार उत्तम वस्त्रहरू संयोजन गरिएको हुन्छ ।

तयारी कपडा- तयारी कपडा तयार पार्दा सामूहिक ग्राहकलाई ध्यान दिएर तयार पारिएको हुन्छ । यो सबैलाई फिटिङ नहुन पनि सक्छ । यो अनुमानित हिसाबमा तयार पार्ने भएकोले यस्तो कपडा सबैलाई फिटिङ नहुन सक्छ । यस्तो किसिमको तयारी कपडा तयार पार्दा पनि फेसन डिजाइनरहरूको सहयोग लिने गरिन्छ ।

मास मार्केट – सामूहिक बजारले ग्राहकहरूको फराकिलो दायरालाई पूरा गर्छ र फेसन उद्योगमा प्रख्यात डिजाइनरहरूले तयार पारेको योजना अनुसार कपडा उत्पादन गरेर बजारमा पठाउँछ । राजनीति र अर्थतन्त्रका विश्वचर्चित व्यक्तित्वहरूको बारेमा धेरै चर्चा हुन्छ । तर यहाँ फेसन डिजाइन क्षेत्रका चर्चित व्यक्तित्वको बारेमा चर्चा गरिएको छ ।

डोनाटेला वर्साके
वर्साके पहिलो फेसन डिजाइनर थिइन् जसले सेलिब्रेटीको लागि विभिन्‍न फेसनहरूको सूची तयार पारेकी थिइन् । उनले तयार पारेकै सूचीलाई धेरै सेलिब्रेटीहरूले अनुकरण गरे । विभिन्न कम्पनीको विज्ञापनमा समेत कस्तो डिजाइनको कपडा लगाउने लगायतका विषयलाई उनले सूचीकरण गरेकी थिइन् । उनको ख्याति त्यतिबेला बढ्यो, जतिबेला जेनिफर लोपेज, मडोना, कोर्टनी लव, क्रिस्टिना अगुएलिरा, जोनाथन राइस मेयर्स, डेमी मूर, निक्की मिनाज र लेडी गगा जस्ता प्रतिष्ठित व्यक्तिहरू उनको फेसन योजनालाई अनुशरण गर्न थाले ।

जियोर्जियो अरमानी
अरमानी एक इटालियन फेसन डिजाइनर हुन् । उनलाई प्रतिष्ठित रेड कार्पेट फेसनको श्रेय जान्छ । १९७९ मा उनले इटलीका विभिन्न राज्यमा पुरुष र महिलाका लागि फेसनयुक्त कपडाहरूको उत्पादन सुरू गरे । उनले अरमानी नामको फेसन सम्बन्धी कम्पनीसमेत खोलेका छन् ।

अलेक्ज्याण्डर म्याक्युविन
अलेक्ज्याण्डर म्याक्युविन फेसन क्षेत्रमा खराब केटोका रूपमा परिचित छन् । उनी आफ्नो स्वभाव र नाटकीय फेसनका कारण प्रसिद्ध भए । उनका उत्तेजक डिजाइनहरू फेसनभन्दा बढी थिए र तिनीहरू प्रायः राजनीतिक प्रेरणा, कला, थिएटर, संगीत र साहित्यबाट प्रेरित थिए । उनी समाजमा प्रचलितभन्दा धेरै बाहिरी पोसाकलाई वस्त्रको रूपमा प्रचलनमा ल्याउँथे । म्याक्युवीनको फेसन डिजाइनहरू धेरै रोमन कथा र विजयगाथाबाट प्रेरित छन् । फेसनमा कलात्मक तत्वहरू, परिष्कृत टेलरिङ्ग र रोमान्टिकवादको प्रयोग गर्नु उनको विशेषता हो ।

कोको च्येनल
कोको चेनल फेसन उद्योगकी एक अग्रणी व्यक्तित्व हुन् । उनको फेसन सम्बन्धी व्यवसाय २० औं शताब्दीको सुरुवातमा नै पेरिसमा चर्चित भइसकेको थियो । कोको चनेलले विभिन्न पेसामा संलग्न महिलाहरूको लागि आकर्षक फेसनको सुरुवात गरेर चर्चा कमाउन सफल भएकी थिइन् । उनको डिजाइनहरू देखावटी भन्दापनि दैनिक जीवनमा कामलाग्ने व्यावहारिक डिजाइन उत्पादन गर्न थालेसँगै उनको ख्यातिसमेत बढ्दै गयो ।

राल्फ लरेन
राल्फ लरेन फेसन उद्योगमा उत्कृष्ट डिजाइनको रूपमा परिचित छन् । उनले ब्रान्डको लागि ‘पोलो राल्फ लरेन’ को नाम छनौट गरे । उनी एक अमेरिकी फेसन डिजाइनर हुन्, जुन पोलो लोगोको साथ आफ्नो छोटो स्लिभ सर्टको रूपमा परिचित छ।

विश्वमा धेरै प्रख्यात फेसन डिजाइनरहरू र असंख्य डिजाइनरहरू छन्, जो फेशन वर्ल्डमा आउँदैछन् र फेसन वर्ल्डमा आफ्नो छाप छाड‍्न सफल भइसकेका छन् । तर जब तपाईं जीवन्त फेसन डिजाइन गर्ने डिजाइनरको सूची खोज्नुहुन्छ भने यी पाँच जनाले आफ्नो कलाबाट छाप छाडेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment