Comments Add Comment

बुर्कामाथि प्रतिबन्ध लगाउँदै श्रीलंका, हजारभन्दा धेरै इस्लामिक स्कुल बन्द

१ चैत, काठमाडौं । श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यद्यपि यो निर्णय संसदबाट पारित हुनु जरुरी छ ।

त्यस्तै श्रीलंकाले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ । यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन् । अधिकारीहरुले सरकारले निर्णय गरेको यो नियम अब छिटै नै कार्यान्वयनमा आउने बताएका छन् ।

सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ । श्रीलंकामा इस्टरको दिनमा विभिन्न चर्चमा बम विष्फोट भएको करिब दुई वर्षपछि सरकारले यस्तो निर्णय गरेको हो । सन् २०१९ को अपि्रलमा क्याथोलिक चर्चहरु र होटलहरुमा भएको आत्मघाती आक्रमणमा परी २५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । इस्लामिक संगठनले यो आक्रमणको जिम्मेवारी लिएको थियो।

बुर्का धार्मिक अतिवादको प्रतीक भएकाले यसमा प्रतिबन्धको तयारी गरिएको श्रीलंकाको सार्वजनिक सुरक्षा मन्त्री सराथ वीरासेकेराले बताए । त्यस्तै सरकारले कसैलाई आफ्नो तरिकाले विद्यालय खोलेर पढाउने छुट नभएको र सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसार नै विद्यालयमा पठनपाठन हुनुपर्ने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment