Comments Add Comment

सारुक र नम्रताः एकसाथ आए, हात समाउँदै फर्किए

नायिका नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा निकै कम उपस्थित हुन्छिन् । यसैले, पनि नम्रताको व्यक्तिगत जीवन मिडियाबाट टाढै छ । नम्रता पनि आफ्नो व्यक्तिगत जीवनलाई सकेसम्म मिडियाबाट टाढा नै राख्ने कोशिश गर्छिन् । तर, शनिबार ‘नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन पुगेकी नम्रताको व्यक्तिगत जीवन मिडियाबाट लुकेन ।

निकै नै आकर्षक पहिरनमा नायिका नम्रता श्रेष्ठ नायक सारुक ताम्राकारसँग पुगेकी थिइन् । नम्रता र सारुक एउटै गाडीमा कार्यक्रममा पुगेका थिए । कार्यक्रम अवधीभर पनि उनीहरु एकसाथ नै बसे । कार्यक्रम अवधीभर नम्रता र सारुकको निकटता स्पष्ट देखियो ।

कार्यक्रम सकिएपछि पनि नम्रता र सारुक हात समात्दै एकसाथ कार्यक्रमबाट बाहिरिए । करिब ११ बजे नम्रतासँग हात समात्दै सारुक बाहिरिएका थिए ।

कार्यक्रममा नम्रता र सारुकविच प्रेम सम्बन्ध रहेको चर्चा पनि चलेको थियो । तर, मिडियासँग दुरी नै बनाएका कारण पनि नम्रता र सारुकविच प्रेम हो या मित्रता मात्र हो भन्ने खुलेको छैन । तर, उनीहरुको क्रियाकलाप, निकटतालाई भने कार्यक्रममा उपस्थित अधिकांश चलचित्रकर्मीले प्रेमको रुपमा नै वुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment