+
+
Shares

माओवादी केन्द्रको बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १३:०१

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । सँगै, पार्टी एकता पनि बैठकको एजेण्डामा राखिएको छ ।

बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?