Comments Add Comment

कालिञ्चोक पर्यटकीय आकर्षणको केन्द्र (फोटो फिचर)

१ चैत, काठमाडौं । काठमाडौंबाट केही घण्टाको यात्रामा पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि मानिन्छ । धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीको दर्शन गरे मनले चिताएको पुग्ने जनविश्वास छ ।

मन्दिर परिसरबाट मनोरम दृश्यसहित गौरीशंकर हिमाल आँखै अगाडि देख्न सकिन्छ । त्यसैले कालिञ्चोक आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ ।

काठमाडौंबाट दोलखाको चरिकोटसम्म पुग्न अधिकांश सडक पक्की भए पनि कालिञ्चोक भगवती मन्दिर पुग्न भने केही समय कच्ची बाटोको यात्रा गर्नुपर्ने हुन्छ ।

हिउँ परेका बेला भने कच्ची बाटो चिप्लो हुने भएकाले सवारी साधन चलाउँदा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । कुरी बजारसम्म गाडीबाटै पुग्न सकिए पनि त्यहाँबाट भने केबलकार अथवा पैदलमार्फत मन्दिर पुग्न सकिन्छ । पैदलमार्फत जाँदा भने ठाडो उकालो पर्छ, जहाँ कसैकसैलाई लेक लाग्ने सम्भावना पनि हुन्छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment