+
+
Shares

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १२:१८

२ चैत, वीरगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल वीरगञ्ज महानगर कमिटी लगायत उपभोक्ता हित संरक्षणमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाको आयोजनामा कार्यक्रम गरिएको थियो ।

‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमापछि पुनः घण्टाघरमै आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सहभागीहरुले सामान खरिद गर्दा बिल लिने दिने गरौं, म्याद नाघेका सामान खरिद नगरौं, ठगिएको महसुस भएमा उजुरी गरौं, लेभल हेरेर मात्रै सामान खरिद गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

संविधानले उपभोक्ता अधिकारलाई मौलिक अधिकारको रुपमा समेटेको, उपभोक्ता हित संरक्षण ऐन २०७५ ल्याएको, तर व्यवहारमा उपभोक्ता अधिकार कुण्ठित रहेको अधिकारवादीहरुको भनाइ छ । समय–समयमा हुने बजार अनुगमनले मात्रै नपुग्ने उनीहरुको तर्क छ ।

उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश २ अध्यक्ष केसी लामिछानेले वस्तुको सही ढंगले व्यवस्थापन हुन नसक्दा बिक्री वितरणमा समस्या देखिएको बताए । त्यसका लागि निरन्तर बजार अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सीमित स्रोत र साधनका बाबजुद नियामक निकायले बजार अनुगमन गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?