+
+
Shares

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १८:०९

२ चैत, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ का ५७ वर्षीय विजयकुमार श्रेष्ठ रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत माघ २ गते श्रेष्ठलाई तीन दिन कैद र बिगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएकोमा उनी फरार थिए ।

आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि उनले गत असार १५ गते झुक्याएर रकम भुक्तानीका लागि गोंगबुस्थित कुमारी बैंक लिमिटेडको चेक काटेका थिए ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काभ्रेस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको व्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?