0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

दिपक भट्टसहित चार व्यवसायीविरुद्ध ४२ करोड बैंकिङ कसुर मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यवसायी दीपक भट्ट र अग्रवाल परिवारविरुद्ध उच्च अदालत पाटनमा ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित बैंकिङ कसुर मुद्दा दायर भएको छ ।
  • बैंकिङ कसुर मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमै रहेका छन् ।
  • जगदम्बा स्टील्सका नाममा लिएको सहवित्तीयकरण कर्जा अपचलन गरी इन्फिनिटी होल्डिङमा शेयर लगानी गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

२८ जेठ, काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ ।

उनीहरूविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको छ । अदालतमा दायर भएको अभियोगपत्रअनुसार उनीहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेध गरेको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको छ । उनीहरू मध्ये दीपक र सुलभलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । अहिले पनि उनीहरू हिरासतमै छन् ।

यसका साथै दीपक र सुलभविरुद्ध सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दा पनि अनुसन्धान भइरहेको छ । उनीहरूले जगदम्बा स्टिल्सका सञ्चालक अध्यक्ष शाहिल अग्रवाल, कम्पनीका खाताका हस्ताक्षरकर्ता सञ्चालक सुलभ अग्रवाल र दीपक भट्टले आपसी मिलेमतोमा जगदम्बा स्टील्सको कम्पनी सञ्चालनका नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको अगुवाइमा सहवित्तीयकरण बैंकहरू प्राप्त गरेको र चालु पूँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी दीपक भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ प्रालि समेतको नाममा शेयर लगानी गरी कर्जा दुरुपयोग गरेको बताइएको छ ।

रकमको वास्तविक स्रोत र वास्तविक धनी लुकाउन अग्रवाल परिवारका विभिन्न सदस्यहरूका बैंक खाताहरू प्रयोग गरी जटिल तहकीकरण गरिएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?