News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले गुन्डागर्दीको आरोपमा सिन्धुपाल्चोकका श्याम लामालाई २८ जेठमा काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।
- काठमाडौं प्रहरीका अनुसार पक्राउ परेका लामाविरुद्ध अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको छ ।
- विभिन्न समूह बनाएर सर्वसाधारणलाई दुःख दिने गरेका लामाविरुद्ध यसअघि पनि चारवटा मुद्दा चलेका थिए ।
२८ जेठ, काठमाडौं । गुन्डागर्दी आरोपमा प्रहरीले बौद्धबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने श्याम लामा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध ३ दिनको म्याद समेत थप भएको छ ।
लामालाई आजै बौद्धबाट पक्राउ गरिएको हो । उनी विभिन्न समूह बनाएर गुन्डागर्दीमा संलग्न रहेको र सर्वसाधारणलाई दुख हैरानी दिएको प्रहरीले बताएको छ ।
उनीविरुद्ध यसअघि पनि विभिन्न ४ वटा मुद्दा चलेको पाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4