News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंबाट मलेसिया जान लागेका २ बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन् ।
- पक्राउ परेका मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
२८ जेठ, काठमाडौं । ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
बाटिक एयरको उडानबाट काठमाडौंबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
अवैध विदेशी मुद्रासहित प्रहरीले मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई पक्राउ गरेको हो ।उीहरूबाट मलेसियन रिंगेट, अमेरिकन डलर, नेपाली रुपैयाँ गरी ३१ लाख ५१ हजार रुपैयाँ बराबर बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4