Comments Add Comment

लहानमा बिस्फोट गराएको आरोपमा एक जना पक्राउ

२ चैत, जनकपुरधाम । ८ जना घाइते हुने गरी सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिकाका-३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । सशस्त्र प्रहरीले मण्डललाई नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

आइतबार मध्यान्ह मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएकाा थिए । गम्भीर भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको छ ।

मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ ।

विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment