Comments Add Comment

११ प्रतिशतले बढ्यो रेमिट्यान्स, विदेश जानेको संख्या भने घटेको घट्यै

३ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको संख्या निरन्तर घट्दो क्रममा छ । गत माघ महिनामा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारुीमा जानेहरुको संख्या घटे पनि रेमिट्यान्स भने करिब ११ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेर ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment