Comments Add Comment

वर्षाको ‘ए साथी सुन’को छायांकन सुरु

नायिका वर्षा सिवाकोटी नयाँ चलचित्रको छायांकनमा जोडिएकी छिन् । आजबाट हेटौडामा सुरु भएको चलचित्र ‘ए साथी सुन’को छायांकनमा वर्षा जोडिएकी हुन् ।

वर्षाले सामाजिक संजालमा तस्वीर राख्दै चलचित्रको छायांकन सुरु भएको र आफू काम गर्न उत्साहित भएको बताएकी छिन् । ‘कालिपुरुष’ नाम राखेर प्रि प्रोडक्शन काम सुरु भएपनि छायांकन अगाडि चलचित्रको नाम परिवर्तन भएको थियो ।

राघव आचार्यको निर्देशनमा तयार हुने यो चलचित्रमा वर्षाले नव–कलाकार रमेश बाँनियासँग रोमान्स गर्नेछिन् । यो चलचित्रको छायांकन हेटौडापछि धरानमा हुनेछ । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।
विना कार्कीको लगानीमा तयार हुने यो चलचित्रको कथावस्तु मन परेपछि आफू काम गर्न तयार भएको वर्षाले बताउँदै आएकी छिन् ।

वर्षाले लकडाउनपछि चलचित्र ‘परदेशी २’को छायांकन पनि सकाएकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु ‘लक्का जवान, मनसँग मन र परदेशी २’ रिलिजको लागि तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment