Comments Add Comment

न्यायाधीशमा प्रस्तावित चुडाल र सुवेदीविरुद्ध उजुरी आह्वान

फाइल तस्वीर

४ चैत, काठमाडौं । संघीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको बुधबारको बैठकले उनीहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुनासो एवं उजूरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

न्यायाधीश चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुर्खेतमा मुख्य न्यायाधीश छन् । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनीहरुलाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।

उच्च अदालतमा कार्यरत मुुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुर्‍याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको परिषद्ले जनाएको छ ।

समितिले प्राप्त उजूरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment