+
+
Shares

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ७:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) ४ हजार ८२१ मतसहित निर्वाचित भएका छन्।
  • केन्द्रीय निर्वाचन समितिका अनुसार उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत पाए।

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?