+
+
Shares

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण

रासस रासस
२०७७ चैत ४ गते १४:१०

४ चैत, काठमाडौं । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि सुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र सुरु भएको थियो ।

विशेष पूजा सुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउने क्रम बढ्न थालेको हो ।

महाशिवरात्रिका दिन मात्र पशुपतिनाथ मन्दिरमा ३१ लाख १२ हजार ३ सय रुपैयाँको विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । महाशिवरात्रिका दिन पाँच हजार १ सय र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो ।

पाँच हजार १०० को विशेष पूजा ३७५ र ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उनले बताए ।  पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।

यही फागुन २५ गतेदेखि एक हजार १ सयदेखि २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा एक हजार १ सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?