Comments Add Comment

जनावरको कोखबाट मानिसको जन्म ! जापानमा हुँदैछ अनुसन्धान

जापानमा एकजना वैज्ञानिकले अहिलेसम्मकै नौलो तथा अनौठो अनुसन्धान सुरु गरेका छन् । उक्त अनुसन्धानका लागि सरकारी अनुदान समेत प्राप्त हुन सुरु भएको छ ।

वैज्ञानिकले उक्त अनुसन्धानका क्रममा पशुहरुको गर्भमा मानव कोशिकाको विकास गर्ने प्रयास गर्नेछन् । यदि उक्त अनुसन्धान सफल भएमा जनावरलाई मानिसको सरोगेट मदरको रुपमा प्रयोग गर्न सकिनेछ । अर्थात् जनावरको कोखबाट मानिसको जन्म हुनेछ ।

जापानी स्टेम सेल वैज्ञानिक हिरोमित्सू नकोचीलाई जापान सरकारले जनावरको कोखमा मानव भ्रुणको विकास गर्ने अनुसन्धानका लागि अनुमति दिएको हो । आफ्नो टिमसँग मिलेर हिरोमित्सूले उक्त अनुसन्धानको सुरुवात गरिसकेका छन् ।

वैज्ञानिकहरुले सुरुमा मुसाको भ्रुणमा मानव कोशिकाहरु विकसित गर्नेछन् । त्यसपछि उक्त भ्रुणलाई पशुको गर्भमा प्रत्यारोपण गर्नेछन् ।

वैज्ञानिका अनुसार वास्तवमा यो अनुसन्धानको उद्देश्य जनावरबाट मानिसको उत्पादन गर्नु होइन । वैज्ञानिकहरु यस्तो जनावर तयार गर्न चाहन्छन् जसको सरीका अंगहरु मानव कोशिकायुक्त होउन् । ता कि यस्ता मानव कोशिकायुक्त जनावरका अंगलाई आवश्यक परेका बखत मानिसको शरीरमा प्रत्यारोपण गर्न सकियोस् ।

स्मरण रहोस् यस्तो खालका अनुसन्धानका प्रयासहरु यसअघि पनि नभएका होइनन् । तर विभिन्न देशहरुले यस्तो अनुसन्धान प्रकृतिसँगको खेलवाड भएको भन्दै त्यसलाई स्विकृति दिएनन् । सन् २०१५ मा अमेरिकामा पनि यस्तै खालको प्रयास भएको थियो त राष्ट्रिय स्वास्थ्य संस्थानलाई त्यसलाई गलत भन्दै रोक लगाएको थियो । तर जापानी वैज्ञानिकहरुले भने प्राकृतिक नियमलाई नै चुनौती दिँदै जनावरको कोखबाट मानवको जन्म गराउने परियोजनामा जुटेका छन् ।

यद्यपि जापानको उक्त परियोजनाका कारण खतरनाक परिमाण पनि आउन सक्दछ । यदि उक्त परियोजना सफल भयो भने भविष्यमा एउटा यस्तो जिव अस्तित्वमा आउनेछ जो आधा मानिस र आधा जनावर हुनेछ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment