Comments Add Comment

अदालतमा एन्जेलिनाको दस्तावेजः ‘ब्राडको विरुद्धमा घरेलु हिंसाको प्रमाण पेश गर्न सक्छु’

२ बर्ष अगाडि एक अर्कासँग अलग भैसकेका हलिउड नायक ब्राड पिट र नायिका एन्जेलिना जोलीको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । अब, यो मुद्दामा नयाँ मोडल आएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार, एन्जेलिनाले अदालतमा एक दस्तावेज प्रस्तुत गर्दै ब्राडले गरेको घरेलु हिंसाको विरुद्धमा प्रमाण पेश गर्न सक्ने उल्लेख गरेकी छिन् । मिडियाका अनुसार, एन्जेलिना र उनका बच्चाहरुले घरेलु हिंसाको विरुद्धमा बयान दिनका लागि आफूहरु तयार रहेको बताएका छन् ।

मिडियामा उल्लेख भए अनुसार, एन्जेलिनाले विगत ४ बर्षदेखि ब्राडका विरुद्धमा यस्ता कैयौं बयानहरु दिएपनि कुनै पनि बिषयमा प्रमाण पेश गर्न सकेकी छैनन् । ब्राडको परिवारले एन्जेलिनाले बच्चाहरुको प्रयोग ब्राडलाई दुःख दिनका लागि गरिरहेको समेत आरोप लगाएका छन् ।

हालैमात्र, एक अन्तरवार्तामा एन्जेलिनाले आफूले केही बर्षदेखि परिवारको हेरचाहमा नै समय बिताएको बताएकी छिन् । यसमा, केही बर्ष निकै नै कठिन रहेको पनि उनले उल्लेख गरेकी छिन् ।

एन्जेलिना र ब्राडको भेट सन् २००४ मा एक चलचित्रको छायांकनका क्रममा भएको थियो । यसपछि, उनीहरु लामो समयसम्म प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुले सन् २०१४ मा बिहे गरेका थिए । तर, २ बर्षपछि नै उनीहरु अलग हुने निर्णय गरे ।

यसपछि सन् २०१९ मा उनीहरुले डिभोर्स गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment