Comments Add Comment

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment