Comments Add Comment

दक्षिणकालीमा भेटिएको दुई शवको सनाखत

६ चैत, काठमाडौँ। दक्षिणकाली नगरपालिका–१, खहरेमा भेटिएको दुईजनाको शवको सनाखत भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् ।

प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे ।

दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले बताए ।

शुक्रबार दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौं प्रहरी प्रमुख सिंह, एसपी बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो ।

केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएको थियो र फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

घटनास्थल नजिकै सल्फस नामक विषादीको बट्टा भेटिएको छ । थप अनुसन्धान जारी छ ।

यो पनि पढ्नुहोस दक्षिणकालीमा दुई शव भेटिएको घटनाः कुकुर र फरेन्सिक विज्ञ बोलाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment