Comments Add Comment

‘एयरपोर्ट भन्दा वनजंगल नै रोजौं’ भन्दै माइतीघरमा प्रदर्शन

६ चैत, का ठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा शुक्रबार प्रदर्शन गरिएको छ ।

‘निजगढको वैकल्पिक समाधान खोजैं, एयरपोर्ट भन्दा वनजंगल नै रोजौं’, ‘पर्यावरण बचाऔं’, ‘सेभ निजगढ’, ‘विकास की विनास ?’ लगायतका नारा लेखिएका व्यानार एवं प्लेकार्ड बोकेर युवाहरुको एक समूहले प्रदर्शन गरेको हो ।

विमानस्थल निर्माणको क्रममा सयौं रुख कटान हुने भन्दै चुरे बचाऔं अभियानमा लागेका विभिन्न संघ–संस्थाहरुले पनि यसअघि विरोध जनाएका थिए ।

सन् १९९५ (२०५१ साल) मा बाराको निजगढमा विमानस्थल निर्माणस्थल तय भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९९५ मा नेपीको/आइराड नामक कम्पनीले नेपालका विभिन्न ८ स्थान (विराटनगर, भरतपुर, निजगढ, नेपालगन्ज, धनगढी, सर्खेत र भैरहवा)मा अध्ययन गरी त्रिभुवन विमानस्थलको विकल्पका रुपमा निजगढलाई उत्कृष्ट स्थानका रुपमा तय गरेको थियो । तर, स्थान छनोट भएको २६ वर्षमा समेत साइट क्लियरेन्सको काम हुन सकेको छैन । निजगढमा विमानस्थल बनाउन रुख कटान गर्नुपर्छ । रुख गणनाको काम जारी रहे पनि कति रुख कटान हुन्छ भन्ने संख्या यकिन भएको छैन ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment