Comments Add Comment

उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

६ चैत, काठमाडौं । उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेका प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित भएका थिए । पहिलोपटक शेखर गोल्छासँग पराजित भएका थिए भने यसैवर्ष उनले चन्द्र ढकालसँग हार बेहोरेका थिए ।

प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी पनि पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment