+
+
Shares

राष्ट्रपतिले बंगलादेश जान नेपाल एयरलाइन्सको विमान चार्टर्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १३:४५

८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारोबडी जहाज चढेर बंगलादेशको ढाका जाने भएकी छिन् ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार सोमबारबाट शुरु हुने राष्ट्रपतिका लागि नेपाल एयरलाइन्सको ए-३२० जहाजले भीभीआईपी उडान गर्न लागेको हो ।
सोमबार ढाका जाने जहाज मंगलबार काठमाडौं आउने छ । बंगलादेशमा नेपाल एयरलाइन्सको नियमित उडान छैन ।

यस अवधिमा नेपाल एयरलाइन्सको सेड्यूल फ्लाइटलाई प्रभाव नपर्ने गरी राष्ट्रपतिको टोलीका लागि उडान गर्न लागिएको निगमको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?