Comments Add Comment

नेपाल आइस गल्फ उपाधि गौचनलाई

८ चैत, नवलपरासी । पूर्वी नवलपरासीको दुम्कौलीस्थित सीजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेन्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन् ।

शनिबार सम्पन्न गल्फ टुर्नामेन्टमा उनले ३९ अंक लिएर विजेता बनेका हुन् । त्यसैगरी उपविजेताको उपाधि राजु थकालीले हात पारेका छन् । उनले ३७ अंक हात पारेका थिए ।

त्यसैगरी ग्रस विनर फिन्चोओंदी लामा भए । लङगेस्ट ड्राइभमा कालु घले, मोस्ट वर्डिजमा पेम्बा शेर्पा र क्लोजेस्ट टु द मेनको उपाधि रवीन्द्र तिवारीले हात पारेका छन् ।

नेपाल आइस गल्फ टुर्नामेन्टमा २४ खेलाडी सहभागी थिए । उपाधि विजेता र अन्य खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको सीजी गल्फ टुर्नामेन्टका एम्पाएर वसन्त गुरूङले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्रामभित्र सुविधासम्पन्न गल्फ मैदान रहेको छ । यहाँ बर्सेनी स्वदेश तथा विदेशका गल्फरहरु खेल्न आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment