Comments Add Comment

साउदी गठबन्धनद्वारा विद्रोही हुथी समूह लक्षित हवाई आक्रमण

८ चैत, काठमाडौं । साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आइतबार बिहानै यमनको राजधानी सानामा हुथी विद्रोहीलाई लक्षित गरी आक्रमण भएको स्थानीय मानिसहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

शुक्रबार साउदी अरेबियाको तेल रिफाइनरी केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो । उक्त आक्रमणपछि लागेको आगो अहिले नियन्त्रणमा आएको छ । शनिबार पनि साउदी अरेबिया गठबन्धनले साउदी अरेबियाको दक्षिणी क्षेत्रमा रहेको सहर खामिस मुसाइटतर्फ आइरहेका विष्फोटक ड्रोन ध्वस्त पारेको बताएको छ ।

सानाका बासिन्दाले दिएको जानकारीअनुसार हुथी समूहको सेनाको क्याम्प रहेको स्थानमा आक्रमण भएको बताएका हुन् । साथै सहरको उत्तरमा रहेको सैन्य उत्पादन केन्द्रमा आक्रमण भएको स्थानीय बासिन्दाको भनाइ छ ।

हुथी समूहको टेलिभिजनले भने सानाको एयरपोर्टमा पनि आक्रमण भएको बताएको छ । पछिल्लो केही सातायता हुथी समूहले साउदी अरेबियामाथिको आक्रमण बढाएको छ । साउदीले अधिकांश ड्रोन र मिसाइलहरु ध्वस्त पारेको बताएको छ ।

सन् २०१५ को मार्चयता साउदी अरेबियाको गठबन्धनले हुथी समूहसँग लड्दै आएको छ । यमनको राजधानी सहर सानामा हुथी समूहले आफ्नो कब्जा गरेसँगै साउदी गठबन्धनले हुथी समूहमाथिको आक्रमण सुरु गरेको हो । आक्रमण गर्ने शैलीको कारण साउदी अरेबियाले अन्तर्राष्ट्रिय समुदायको आलोचनाको सामना गर्दै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment