Comments Add Comment

भक्तपुरकाे म:म पसलमा ग्याँस सिलिण्डर पड्किंदा ६ जना घाइते

९ चैत, काठमाडौं । भक्तपुरको एक म:म पसलमा खाजा बनाउने बेला ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाडाैं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन्।

उनीहरु ईवामुरा अस्पतालमा सामान्य उपचारपश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन् ।

यस्तै, आगलागीमा तीन जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सूर्यविनायक-५ कटुन्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् ।

उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment