Comments Add Comment

कान्छा राईको शंकास्पद मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

९ चैत, विराटनगर । विराटनगर महानगरपालिका–३ का कान्छा भनिने नितेशकुमार राईको शव चार दिनदेखि विराटनगरको कोसी अस्पतालमा छ । कान्छाको हत्या भएको दाबी गर्दै परिवारले अनुसन्धानको माग गर्दै शव बुझ्न अस्वीकार गरेपछि शव चारदिनदेखि अस्पतालमै रहेको हो ।

शुक्रबार रुखमा झुण्डिएको अवस्थामा राईको शव भेटिएको थियो । शरीरमा निलडाम र अनुहारमा चोट भएकाले आफन्तले हत्या भएको दाबी गर्दै पोष्टमार्टमपछि पनि शव नबुझेका हुन् । उनीहरुले हत्या घटनाका दोषी पक्राउ नपरेसम्मन अन्त्येष्टि नगर्ने अडान लिएका छन् ।

३५ वर्षका राई बिहीबार बेलुका साथीलाई भेट्न भनी विराटनगर महानगरपालिका– १९ धनपुरा पुगेका थिए । भोलिपल्ट धरमपुरामै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

शरीर तथा अनुहारको विभिन्न भागमा चोटपटक लागेका कारण हत्यापछि रुखमा झुण्ड्याइएको आफन्तको दाबी छ । प्रहरीले आरोपीलाई पक्राउ नगरेसम्म भाइको अन्त्येष्टि नगर्ने मृतकका माइला दाजु रामबहादुरले बताए । प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै उनले तत्काल आरोपीलाई पक्राउ गरी सार्वजनिक गर्न आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरीले घटनाको सक्ष्म रुपमा अनुसन्धान सुरु गरेको बताए । शव भेटिएको घटनास्थल मुचुल्का संकलनदेखि नै प्रहरीले सतर्कता अपनाएको बताउँदै उनले शंकास्पद व्यक्तिमाथि सोधपुछ जारी रहेको बताए । केही दिनभित्र अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्ने उनको भनाइ छ ।

‘प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ, आफन्तले शंका गरेका व्यक्ति र अन्यसँग सोधपुछ जारी छ ,’ उनले भने ‘ अनुसन्धानपछि रिपोर्ट केही दिनभित्र सार्वजनिक गर्छाै ।’ पोष्टमार्टको विस्तृत रिपोर्ट र भिसेरा जाँचको रिपोर्ट आएपछि थप विषय बाहिर आउने उनले बताए ।

प्रारम्भिक अनुसन्धानले हत्या जस्तो नदेखिएपनि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

आफन्तका अनुसार कान्छा साथीले बोलाएपछि बिहीबार साँझ स्कुटरमा घरबाट हिँँडेका थिए । सो दिन उनी घर फर्किएनन् । भोलिपल्ट शुक्रबार धनपुरास्थित खेतमा रुखमा झुण्डिएको डोरी चुडिएको अवस्थामा शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment