+
+
Shares

अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित जवाफ दिने नेपाल समूहको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते २२:०८

९ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । तर त्यसमा अध्यक्षमाथि नै प्रश्न गरिने नेताहरुले बताएका छन् ।

ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोमबार महासचिव पोखरेलले बरिष्ठ नेता माधवकुमार नेपाललाई दश बुँदे स्पष्टिकरण पत्र पठाएका छन् । नेताहरु रावल, भूसाल र पाण्डेलाई पनि छुट्टा-छुट्टै स्पष्टिकरण पत्र पठाइएको थियो ।

पत्र आएपछि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि स्थायी कमिटी सदस्य वेदूराम भुसालले भने, ‘केपी ओली समूहले पठाएको पत्रप्रति हामी पनि स्पष्टीकरण सोध्छौं ।’

उनका अनुसार, भोलि मंगलबार नै प्रतिस्पष्टीकरण सोध्ने तयारी छ ।

नेपाल समूहले २३ फागुनको सर्वोच्चको फैसलाअनुसार, २ जेठ २०७५ कै एमालेको संरचना र विधान बमोजिम पार्टी चल्नुपर्ने अडान राख्दै आएको छ ।

ओली समूह भने ५ पुस यता भएका कुनैपनि निर्णय बदर नगर्ने गरी अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?