+
+
Shares

कमलविनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

रासस रासस
२०७७ चैत ९ गते १९:५०
फाइल तस्वीर

९ चैत, काठमाडौँ । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरेको छ ।

अनुगमनमा ॐ कस्मेटिक सामान सप्लायर्स, राजेन्द्र सितिखुको अन्य पसल, ओम तरकारी तथा किराना पसल दर्ता नगरी सञ्चालन भएको र म्याद नाघेको सामानहरु बिक्रीका लागि राखेको पाइएपछि म्याद नाघेका सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यस्तै सुसख डेरी एन्ड बेकरीमा प्याकेजिङ सामानमा खाद्य अनुज्ञा पत्र नलिई आफैँले लेबल राखेर बिक्री गर्ने गरेको, लक्ष्मी स्टोरमा म्याद नाघेको सामान बिक्रीका लागि राखेको, रमी ब्युटीपार्लर एन्ड ट्रेडिङ सेन्टर नवीकरण नगरेको र म्याद नाघेका सामान बिक्रीका लागि राखेको पाएपछि म्याद नाघेको सामान जफत गरी नष्ट गरेको छ ।

यता दत्तात्रय खाजा दर्ता नभएको, शैलेश इम्पेक्समा मितिको लेबल नराखी कस्मेटिक सामानहरु बिक्री गरेको पाइएपछि त्यस्ता सामान जफत गरी नष्ट गरेको छ । अनुगमनमा सदस्य हरिराम सुवाल, स्यानिटेशनका रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी ब्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका लक्ष्मीप्रसाद बाटी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका पोष्टराज पोखरेल, उद्योग वाणिज्य सङ्घ भक्तपुरका विश्वराम दुवालको टोलीले मूल्यसूची राख्न र म्याद गुज्रेको सामान बिक्री नगर्न निर्देशन दिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?