Comments Add Comment

धर्मा प्रोडक्शनबाट बलिउडमा डेब्यू गर्दै सनाया

बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ । यसैले, पनि धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

तर, पनि धर्माले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, धर्माले एक स्टार किड्सलाई बलिउडमा डेब्यू गराउने तयारी गरेको छ । नायक संजय कपुरकी छोरी सनाया कपुरलाई धर्माले बलिउडमा डेब्यू गराउने तयारी गरेको छ । यसको जानकारी धर्माका प्रमुख करण जोहरले सामाजिक संजालबाट गरेका छन् ।

सनाया धर्मा कर्नरस्टोन एजेन्सीमा आवद्ध भैसकेकी छिन् । साथै, उनले जुलाई महिनाबाट छायांकन हुने नयाँ चलचित्रबाट बलिउडमा डेब्यू समेत गर्ने छिन् । सनायाले चलचित्र ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रुपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेव सिरिजमा पनि काम गरेकी थिइन् ।

बलिउडमा अनन्या पाण्डे, सुहाना खान र सनाया कपुर मिल्ने साथी मानिन्छन् । जसमध्ये अनन्याले धर्मा प्रोडक्शनबाट चलचित्रमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment