Comments Add Comment

पैसाको महत्व बुझाउन ‘ग्लोबल मनि विक’

‘विद्यार्थीहरुका लागि वित्तीय साक्षरता झनै महत्वपूर्ण’

१० चैत, काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा नेपाल राष्ट्र बैंकले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । मंगलबार कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थितिमा बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दियो ।

कार्यक्रममा बोल्दै कामु गभर्नर तिम्सिनाले वित्तीय साक्षरता सबैका लागि महत्वपूर्ण रहेको बताइन् । उनले विद्यार्थीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान राख्नु पर्ने भन्दै विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञान हुने हो अझ धेरै राम्रो हुने बताइन् । मंगलबार आयोजना गरिएको कार्यक्रममा राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यले विद्यार्थहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यले विद्यार्थहरुलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिँदै ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा मनाउने गरिन्छ । बाल तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।

सन् २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताह १७५ वटा राष्ट्रका ४ करोड बालबालिका तथा युवामाझ पुगिसेकेको छ । ग्लोवल मनी विकको स्थायी स्लोगान ‘सिक, बचत गर र कमाउ’ रहेको छ भने ग्लोवल मनी विक, २०२१ को स्लोगान ‘टेक केयर अफ योर सेल्फ, टेक केयर अफ योर मनि’ रहेको छ । यस स्लोगानले वर्तमान समयमा वित्तीय लचकता र स्वस्थता कायम राख्न अभिप्रेरित गर्दछ ।

यस वित्तीय सप्ताहमा सहभागीको हैसियतले नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रम गरी मार्च २२ देखि २८ सम्म मनाउँदैछ । यसमार्फत मुलुकमा वित्तीय शिक्षाको प्रवद्र्धन मार्फत वित्तीय साक्षरता एवम्जागरण अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धन मार्फत स्वरोजगार सिर्जना, उत्पादन तथा आय अभिवृद्धि गरी अन्ततोगत्वा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस सप्ताह अन्तर्गत राष्ट्र बैंकले गभर्नरको सहभागितामा विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सम्पन्न गर्ने, सञ्चार माध्यममा यस सम्बन्धी बहस कार्यक्रम गर्ने र बैंक तथा वित्तीय संस्था तथा भुक्तानीप्रणाली सञ्चालकलाई कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्ने कार्यक्रम गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment