Comments Add Comment

‘नेपालको भूमि मिँचिदा राष्ट्रवादी सरकार खै ?’

१० चैत, काठमाडौं । भारतले नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध निर्माणमा नेपाल सरकारले मौन सहमति गरेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर भएर रहेको बताए ।

दार्चुलाको सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नम्बर ५ को पारीपट्टी भारत सरकारले तीन महिना यता नेपाल सरकारको कुनै सहमति र जानकारी बिना एकतर्फी रुपमा नेपालको समेत जमिन समेटेर तटबन्ध बनाइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘सिडिओले पारीपट्टी पत्राचार गर्दा सुनुवाई भएन । त्यहाँको जनता, पार्टीका नेता कार्यक्रताले पटक पटक गृहमन्त्रालयमा ताकेता गरिरहेका छन् । तर, नेपाल सरकार सुतिरहेको छ बेखबर छ र मौन सहमति गरिरहेको छ यो निर्माणका क्रममा’ सांसद बडूले भने । दर्चाुलाकै सांसद मन्त्री रहेको बेला समेत यो विषयमा कुनै सुनुवाई नभएको भन्दै रोष प्रकट गरे ।

‘यतिबेला सरकार के गरिरहेको छ ? सिडिओसावलाई सोध्दा नेपाल सरकार के गरिरहेको छ हामीले ढुङ्गा हानेर त हुँदैन भन्ने जवाफ दिनुहुन्छ’ उनले भने, ‘दार्चुलाकै गणेश ठगुन्नमा मन्त्री हुनुहुन्छ । उहाँहरुले पनि केही सुन्नु भएको छैन् । किन भनिरहनुभएको छैन् । किन सरकार मौन छ ? परराष्ट्र मन्त्रालयले कुनै जानकारी छैन भनेर अनविज्ञता जनाइरहेको छ । के हुँदैछ ? कसको सेवा हुँदैछ यो ? गाउँका गाउँ सखाप हुँदा पनि हामी बोल्दैनौं किन ?’

राष्ट्रवादी सरकार खै ?

वर्तमान सरकारले आफुलाई राष्ट्रवादी भन्ने गरेको तर, व्यवहारमा त्यस्तो नदेखिएको सांसद बडूको टिप्पणी छ । ‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफुलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाषयमा मात्रै हो ?’ उनले प्रश्न गरे ।

सीमा क्षेत्रमा भइरहेको निर्माण तत्काल रोकिनुपर्ने भन्दै यनले रोक्ने निर्देश्न सिडिओलाई नि सरकारलाई आग्रह गरे । र अर्को बैठकमा सरकारबाट आफुले जवाफ चाहेको उनले बताएका छन् ।

‘तत्काल यो रोक्नुपर्छ र हाम्रो सहमतिका साथ मात्रै काम हुनुपर्छ’ उनले भने, बाँकी जनिम पनि हाम्रो नेपालको सखाप हुँदैछ । हामीले यदि रोक्न सकेनौं भने कुनैपनि बेला हामी बेघरबार हुनेछौं । बाचिने हो होइन त्यस्तो स्थिति आइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment