Comments Add Comment

एमाले-जसपा कार्यदलको वार्ता सकारात्मक

फाइल तस्वीर

१० चैत, काठमाडौं । सरकारी र जनता समाजवादी पार्टी (जसपा) को कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यदलका सदस्यहरुसहित मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । ‘कार्यदलले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्यबारे जानकारी गराएको छ’ जसपा नेता महतोले भने, ‘प्रगति सकारात्मक छ ।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । यद्यपि सरकारलाई समर्थन गर्ने नगर्ने भन्नेमा जसपामा दुई धार छ । अध्यक्ष ठाकुर, प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा छन् र उनले पार्टीलाई जानकारी समेत नदिई सरकारसँग वार्ता गर्न नेताद्धय लक्षणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई खटाएका छन् ।

तर संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु भने एमाले इतरको सत्ता गठबन्धनको पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment