Comments Add Comment

महँगा गाडी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

फाइल तस्वीर

९ चैत, काठमाडौं । सरकारले महँगा गाडी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको सूचना सोमबारको राजपत्रमा प्रकाशित भएको छ । मुलुकमा कोभिड महामारी सुरु भएपछि गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा कडाइ गरेको थियो ।

२०७६ चैत २४ को प्रकाशित राजपत्रको सूचनाले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन सँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यस्तै प्रतिबन्ध हटेपनि परिणात्मक बन्देजको परिमाण नखुलेको केराउ, मरिच, सुपारी र छोकडा सम्बन्धमा पनि राजपत्रले प्रष्ट्याएको छ ।

सूचनाअनुसार अब एक जना व्यवसायीले वार्षिक ८० हजार मेट्रिक टन केराउ आयात गर्न पाउने छन् । सुपारी २५ हजार मेट्रिक टन र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइनेछ भने नधुल्याइएको मरिच एक जना व्यवसायीले एक वर्षमा १५ हजार मेट्रिक टन आयात गर्न पाउने छन् ।

यो पनि पढ्नुहोस मरिच, केराउ, छोकडा र सुपारी आयातमा पूर्ण बन्देज हट्यो

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट आयात अनुमति नलिई गत वर्षको प्रतिबन्धको घोषणा अघि नै सिपिङ भएको छोकडालाई पुनःगुणस्तर परीक्षण गरेर भित्र्याउन पनि सरकारले अनुमति दिएको छ । ‘आयात अनुमति नलिएका तर प्रतिबन्ध घोषणा हुने समय अघि नै सिपिङ भएका त्यस्ता वस्तुको भन्सार विन्दुमा गुणस्तर परीक्षण गरेर आयात गर्न पाइने छ,’ सूचनामा भनिएको छ ।

यो पनि पढ्नुहोस महँगो गाडी आयातमा रोक, मदिरा पनि ल्याउन नपाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment