Comments Add Comment

अब ट्वीटरको एपभित्रै युट्युब भिडियो

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् ।

ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ । त्यसरी क्लिक गरेपछि मात्र युट्युब भिडियो खुल्दछ छुट्टै पेजमा ।

प्रयोगकर्ताको यहीँ हैरानीलाई मध्यनजर गर्दै ट्वीटरले नयाँ फिचर सुरु गर्न लागेको हो । जस अनुसार अब ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटर एपबाट बाहिर ननिस्किकनै युट्युब भिडियो हेर्न पाउनेछन् । यो नयाँ फिचरको परीक्षण चलिरहेको बताइएको छ र हालका लागि आईओएस प्लाटफर्ममा परीक्षण भइरहेको छ ।

समाचार अनुसार आईओएसमा ४ हप्ताको परीक्षण पश्चात् ट्वीटरले यो फिचरलाई एन्ड्रोइडमा समेत परीक्षण गरेर त्यसबाट आउने परिणामका आधारमा लागु गर्ने बताइएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment