+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महासंघले ५० स्टार्टअपलाई सघाउने, चैत तेस्रो साताबाट आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १९:१७

९ चैत, काठमाडौं । युवा उद्यमशिलतामार्फत रोजगारी सिर्जना गर्न नेपाल उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअप गर्न चाहने युवाहरुलाई सहयोग गर्ने भएको छ । महासंघका कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्टअप एण्ड इन्नोभेसन समितिको अगुवाइमा स्टार्टअप र इन्नोभेसन क्षेत्रमा स्थापित युवा उद्यमीहरू सहयोग गर्ने सोमबार घोषणा गरिएको हो ।

इन्भेष्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको पनि महासंघले जनाएको छ । त्यस्ता नव उद्यमीहरूका लागि चैत तेस्रो साताबाट आवेदन खुला गरिने महासंघले उल्लेख गरेको छ । आवेदन दिन चाहने स्टार्टअप र उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सोभन्दा बढी सञ्चालनमा आएको हुनुपर्ने भने कृषि उत्पादन, सूचना प्रविधि र सेवाका प्राथमिकता तोकिएका छन् । स्टार्टअप र उद्योग व्यवसाय लगानीका लागि छनौट भई सकेपपछि उनीहरुलाई पहिलो तीन महिनाको मेन्टरसिप कार्यक्रममा दिइने छ ।

समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने तथा महासंघले अघि सारेको भिजन पेपर मार्फत प्रतिवर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा जोड्ने महासंघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । समितिले स्टार्टअप र उद्योग व्यवसायका बारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने तथा नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई आवश्यक पुँजी लगानी जुटाई सहयोग गर्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?