
१० चैत, काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर बालिका गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी बालिकालाई प्रहरीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बालिका भीरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4