+
+
Shares

जो इमान्दार भएर आउँछ, उसैलाई सहयोग गर्ने हो: राजेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १७:४८

१० चैत, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मुद्दाका विषयमा जो इमान्दार हुन्छ उसैलाई साथ दिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो । इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो ।’

अहिलेको सरकारले आफूहरुको मुद्दा सम्बोधन गर्छु भनेको पनि महतोले बताए । ‘अहिलेको सरकारले गर्छु भनेको छ, यसको काम राम्रो छ कि छैन हेरौं न’ नेता महतोले भने ।

सत्ता साझेदारीका लागि महत्वपूर्ण हैसियतमा रहेको जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयलाई मागका रुपमा अघि सारेको छ । मंगलबार पनि जसपा नेताहरुले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

महतोले सरकारले गृहकार्य गरिरहेको जवाफ दिएको तर आफूहरुले काम होस् भन्ने चाहेको बताए । ‘सरकारले सकारात्मक रुपमा अघि बढेको भनिरहेको छ । तर काम हुनुपर्‍यो’ उनले भने, ‘संविधान संशोधनको विषयमा कांग्रेस र माओवादी केन्द्रसमेतका पार्टीहरुलाई पनि हामीले आग्रह गरिरहेका छौं ।’

सत्ता साझेदारी को सँग गर्ने भन्ने विषयमा अहिले आफूहरु अलमलमा नरहेको पनि महतोले जिकिर गरे । माग पूरा भएपछि पार्टीले सरकारमा जाने विषयमा निर्णय गर्ने उनले बताए । ‘सरकारमा जाने–नजाने विषयमा पार्टीले निर्णय गर्छ’ महतोले भने, ‘माग पूरा भए पछि जाने वा नजाने त्यतिबेला सोचौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?