Comments Add Comment

‘प्रसाद २’का लागि कलाकारको समय मिलाउनै समस्या

लकडाउन सकिएपछि नेपाली चलचित्रको छायांकन धमाधम भैरहेको छ । तर, केही चलचित्रको घोषणा भएको आधा बर्ष वितिसक्दा पनि छायांकन सुरु हुन सकेको छैन । यसको पछाडि निर्माणपक्षको ढिलासुस्ती र कलाकारको समय मिलाउन नसक्नु हो ।

चलचित्र ‘प्रसाद २’को निर्माणपक्षले छायांकन सुरु गर्ने बताएको लामै समय भैसकेको छ । यतिसम्म कि, यो चलचित्रको घोषणा हुँदा तयारी नै नथालेका केही चलचित्रको छायांकन नै सुरु भैसकेको छ । तर, सुभाष थापाको निर्माणमा बन्न लागेको चलचित्रको छायांकन सुरु हुन अझै सकेको छैन ।

अब, यो चलचित्रको छायांकन तत्काल सुरु हुन्छ या हुँदैन भन्ने दोधार उत्पन्न भएको छ । विशेषगरि, नायिका नम्रता श्रेष्ठको समय मिल्न नसक्दा चलचित्रको छायांकन सुरु हुन समस्या भएको हो ।

नम्रताले विनय श्रेष्ठसँग एक नयाँ चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रको छायांकन सिक्किममा हुनेछ । यो चलचित्रका लागि नम्रताले वैशाख र जेठको समय दिनुपर्नेछ ।

यस्तै, ‘प्रसाद २’मा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका रहनेछ । तर, निश्चलले पनि चलचित्र ‘जिन्दाबाद’को छायांकन सुरु गर्ने तयारी थालेका छन् । यस्तो अवस्था आयो भने ‘प्रसाद २’को छायांकन सुरु हुन नै समय लाग्नेछ । यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।

कलाकारको समय नमिल्दा ‘प्रसाद २’ मात्र होइन, अन्य केही चलचित्रको पनि छायांकन पछि धकेलिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment