
११ चैत, काठमाडौं । संरक्षित वन्युजन्तुको आखेटोपहारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका–४ बलखीका ३० वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ इटबु सिपाडोलबाट पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)बाट खटिएको टोलीले चितुवाको जस्तो आखेटोपहार (छाला) अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका सोमबहादुरलाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय भत्तःपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4