
१२ चैत, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ।
पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।
बीबीसीका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ ।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड-एस्ट्राजेनेकाकै खोप परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4