Comments Add Comment

म्यानमारका सैन्य कम्पनीलाई कालोसूचीमा राख्ने अमेरिकाको तयारी

१२ चैत, काठमाडौं । अमेरिकाले म्यानमारको सेनाको स्वामित्वमा रहेका दुई कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले गरेको कू र त्यसपछि निस्किएको आन्दोलनमा व्यापक दमन गरेको विषयलाई लिएर अमेरिकाले म्यानमारका कम्पनीमाथि प्रतिबन्धको तयारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

स्रोतका अनुसार अमेरिकाले म्यानमारको म्यानमार इकोनोमिक कर्पोरेसन (एमईसी) र म्यानमार इकोनोमिक होल्डिङ्स (एमईएचएल)माथि प्रतिबन्धको तयारी गरेको हो । एमईएचएलले भने अहिले कम्पनी आफ्नो व्यवसायमा केन्द्रित रहेको भन्दै अमेरिकाको कदमबारे कुनै प्रतिक्रिया दिएको छैन ।

म्यानमारमा सैन्य कूको विरोध गर्दै प्रजातन्त्रवादी नेताहरुलाई रिहा गर्न अमेरिकालगायत पश्चिमा मुलुकले म्यानमारलाई दबाब दिँदै आएका छन् । यसअघि नै अमेरिकासँगै बेलायत, ईयू र क्यानडाले पनि म्यानमारको सेनाका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment