+
+
Shares

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

रासस रासस
२०७७ चैत १३ गते १२:३३
फाइल तस्वीर

१३ चैत, भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।

बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।

सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?